धौलागिरी लघुवित्तको निमित्त सीइओको जिम्मेवारी हेमराज जोशीलाई
१२ चैत, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हेमराज जोशीले पाउनुभएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले चैत ९ गते पदबाट राजिनामा दिनुभएको थियो । त्यस्तैले कम्पनीले निमित्त सीइओको जिम्मेवारी हेमराजलाई दिएको जनाएको छ ।
शिवरामले दिएको राजिनामा चैत ११ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरिसकेको छ । साथै, सोही मितिदेखि नै लागू हुने गरी निमित्त सीइओको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि हेमराजलाई दिइएको हो ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १०:४०














