१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

रविलाई जेलबाट भगाउन पिए आचार्यले अघिल्लो दिनदेखिनै जेलरसँग कुरा गरेको खुलासा

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जेलबाट भगाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सम्बन्धित घटनाको छानबिनका क्रममा नख्खु कारागारका जेलर सत्यराम जोशी र रविका प्रमुख स्वकीय सचिव (पिए) अविनाश आचार्यबीच अघिल्लै दिनदेखि फोन सम्पर्क भएको फेला परेको छ ।

बुधबार जनआस्थाले सार्वजनिक गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको अध्ययन अनुसार, भदौ २३ र २४ गते दुई पटक जोशी र आचार्यले आपसमा फोन सम्पर्क गरेका थिए । त्यसैगरी, आयोगको प्रतिवेदनमा उल्लेख छ कि जेलर जोशीले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई भदौ २४ गते ६ पटक फोन गरेका थिए भने ललितपुरका प्रमुख जिल्ला अधिकारीले जोशीलाई भदौ २३ गते एक पटक फोन गरेको देखिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १८:०५