नेप्सेमा रिज लाइन इनर्जीको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिज लाइन इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड १८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । जसमा संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ प्रतिशत अर्थात् ९२ लाख ९३ हजार कित्ता सेयर र सर्वसाधारणलाई वितरण गरिएको २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता सेयर रहेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको आइपीओलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:५७













