११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नुवाकोटमा पहिरोमा पुरिएर दुई जनाको निधन

११ चैत, नुवाकोट । नुवाकोटको शिवपुरीमा बुधबार पहिरोमा परेर दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाका अनुसार शिवपुरी गाउँपालिकाको वडा नम्बर ३ गौजेनी मैदानबाट लप्से जाने सडक खन्नेक्रममा पहिरोले स्काभेटर लडाउँदा चालकसहित दुई जनाको निधन भएको हो ।

पहिरोमा परेर शिवपुरी  ३ का ३५ वर्षीय फुलमान तामाङर स्काभेटर चालक ललितपुरका २४ वर्षीय अमृत तामाङको निधन भएको हो । पहिरोपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोलीले शव उत्खनन्को काम गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:५८