घोराही सिमेन्टले ७५ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
११ चैत, काठमाडाैं। घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ७५ प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ ।
कम्पनीले १ः०.७५ अनुपातमा ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँ बराबरको ३ करोड ७६ लाख ८३ हजार ४०७ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:४४














