नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मेरो माइक्रोफाइनान्स र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशत बोनस बापतको ६ लाख ४७ हजार ०२५ कित्ता र नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको १८ लाख ९७ हजार ५४२.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १६:०२













