११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

शुक्रबार १२:३४ बजे बालेनले प्रधानमन्त्रीको शपथ लिने

११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने हुनुभएकाे छ । बालेनले शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएकाे हाे ।

 उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ । त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्नुहुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:४७