११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

२४.४५ अंकले घट्यो नेप्से, १५ अर्ब ९ करोडको कारोबार

११ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा बन्द भएको छ । यस दिन ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन ३४५ कम्पनीकाे १ लाख ३८ हजार २५६ पटकको कारोबारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यस दिन ङादी ग्रुप पावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५२ करोड ४७ लाख रुपैयाँको काराेबार भएकाे हाे ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:२६