५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
११ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा बन्द भएको छ । यस दिन ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन ३४५ कम्पनीकाे १ लाख ३८ हजार २५६ पटकको कारोबारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको ३ करोड ५८ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:२१













