ङादी ग्रुप पावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
११ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा बन्द भएको छ । यस दिन ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ । यस दिन ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन ङादी ग्रुप पावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५२ करोड ४७ लाख रुपैयाँको काराेबार भएकाे हाे । त्यस्तै अपी पावरको ५१ करोड ९६ लाख रुपैयाँ, शिवमको ४७ करोड ८० लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ, एसवाई प्यानलको ४४ करोड २८ लाख रुपैयाँ र कुमारी बैंकको ४० करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:१४














