११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नुवाकोटका अशोकसहित ४ जना सुन जस्तो देखिने धातुसहित पक्राउ

११ चैत, रौतहट । चन्द्रपुर नगरपालिका-५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने धातु ७ थान सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत-३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ बस्ने ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुढी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन् ।

उक्त होटलमा सुनचाँदीको अवैध बिक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले होटलको १०२ नम्बरको कोठा तलासी गर्दा उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १२:२७