सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कति पुग्यो तोलाको ?
११ चैत, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केही दिन यता निरन्तर घट्दै आएको सुनको मूल्य बुधबार भने एकैदिन १४ हजार ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको थियो ।
आज सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँ बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १०:५४













