उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् विशेष प्रस्ताव
११ चैत, काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २८ गते एशियन बुद्ध होटल रुपन्देहीमा बस्ने गरी ११औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत र सर्वसाधारण तर्फको सेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रित्त सञ्चालक पदमा एक जना सञ्चालक नियुक्ति गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १०:३७














