स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
११ चैत, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर जो कोहीले आवेदन दिन पाउने गरी बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि ३५ दिने सूचना प्रकाशित गरेर विद्यामा संस्थापक सेयरधनीहरुलाई लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर सो अवधिमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेका कारण सर्वसाधारणका लागि बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।
इच्छुक जो कोही सर्वसाधारण व्यक्ति वा संघ संस्थाले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १०:२६













