१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

११ चैत, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल ६ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले  सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित नियमबमोजिम अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १०:०८