नेप्सेमा दोहोरो अंकको सुधार, १४ अर्ब ८३ करोडको कारोबार
१० चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा बन्द भएको छ । मंगलबार १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने यस दिन स्थिर रहेको छ ।
मंगलबार ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फोरेस्ट इन कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे ।
यस दिन, राधी विद्युतको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १५:१९














