शिवपुरी जंगलमा हराएका ४ जनालाई सेनाले गर्यो उद्धार
१० चैत, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ । निकुञ्ज भ्रमणमा गएका चार जना सोमबार राति अबेरसम्म पनि नर्फिएको भन्ने खबर पाएपछि सेनाले खोजी सुरु गरेको थियो ।
सो क्रममा निकुञ्ज सुरक्षार्थ चन्दननाथ गणको टोलीले उनीहरूलाई रातिको फेला पारेको थियो । निकुञ्जबाट उद्धार गरिएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सेनाले जनाएकाे छ ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १४:३८













