रास्वपालाई बधाई दिँदै गगनले भनेः संविधान र विद्रोहको मर्म अनुसार काम गर्नुस्
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिनुभएको छ । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै फागुन २१ को निर्वाचनबाट सुविधाजनक बहुमत प्राप्त गरेको भन्दै रास्वपा र रास्वपा नेतृत्वलाई बधाई दिनुभएको हो ।
साथै, उहाँले नवयुवाहरूको भावनालाई सम्बोधन गर्ने गरी काम गर्न रास्वपालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ‘रास्वपा र रास्वपाको नेतृत्वलाई बधाई छ। संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु।’
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १४:२८













