मैले हतासमा राजीनामा दिएको थिइनँः गगन थापा
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिनुभएकाे छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको बताउनुभयाे ।
थापाले भन्नुभयाे ‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ।’ ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन ।’
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १४:०८













