अपि पावरको म्यानेजमेन्ट टिमबाट बाहिरिए सञ्जीव न्यौपाने
१० चैत, काठमाडौं । अपि पावरको कार्यकारी सञ्चालक पदबाट सञ्जीव न्यौपानेले राजीनामा दिनुभएकाे छ । न्यौपानेले राजीनामा दिएसँगै कम्पनीको सञ्चालक पदमा शाश्वत चालिसे नियुक्त हुनुभएकाे छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध गराएको जानकारी अनुसार न्यौपानेले कार्य व्यस्तताका कारण कार्यकारी सञ्चालक पदबाट राजीनामा दिनुभएकाे हाे । उहाँले दिएको राजीनामा चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । न्यौपानेको राजीनामासँगै रिक्त भएको कार्यकारी पदमा कम्पनीका सञ्चालक चालिसेलाई प्रबन्ध सञ्चालक बनाइएको कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १२:४०













