१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिँदै

१० चैत, काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ। कम्पनीको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि वैशाख १२ गते समाप्त हुने भएको हो ।

जसमा संस्थापक सेयर संख्या ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको सेयर संख्या ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको सेयर संख्या ३ हजार २४० कित्ता रहेको छ ।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी तर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। संचालक तथा कम्पनीको व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार ११:१४