एनआरएन इन्फ्रास्ट्रक्चरको संचालकमा जोली अमात्य नियुक्त
१० चैत, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त हुनुभएको छ ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले महिला संचालक पदमा अमात्यलाई आजकै मितिबाट लागू हुनेगरी नियुक्त गरेको हो ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १०:४१













