कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु
१० चैत, काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको हाे ।
बीबीसी हिन्दीका अनुसार दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका छन् । वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताउनुभएकाे छ ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १०:१२













