१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

सालमनीदेवी हाइड्रोले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

९ चैत, काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गर्नुभएकाे छ ।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १७:११