१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन, को -को छन् ?

९ चैत, काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ।

चैत ८ गते बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले नाडाको विधान २०७१ (संशोधन सहित)अनुसार गत पुस २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो।

नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति रहनुभएकाे छ । त्यस्तै महासचिवमा मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक हुनुहुन्छ ।

संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यहरुमा डिल्लीराम आचार्य,केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला, पुष्कर ओझा हुनुहुन्छ ।  साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र,दिवाकर मिश्र,नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह रहनुभएकाे छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ११:२७