फागुनमा मात्रै ५१ हजार टन ग्यास आयात, तीन महिना यताकै उच्च
९ चैत, काठमाडौं । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि नेपाल आयल निगमले फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ । यो अघिल्लो महिना अर्थात् पुस र माघको तुलनामा उच्च हो । पुसमा ४७ हजार ४६० टन ग्यास र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो ।
त्यस्तै गत वर्षको फागुन महिनाको तुलनामा पनि यस वर्षको फागुनमा ग्यास आयात उच्च देखिएको छ । गत वर्षको फागुनमा जम्मा ३ हजार ४३८ टन ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
अमेरिका–इजरायल र इरानबीच भएको युद्धका कारण मुख्यगरी एसियाली देशहरुमा खाना पकाउने ग्यास र कच्चा तेलको अभाव चर्किएको छ । निगमले गत फागुन २८ गतेदेखि आधा ग्यास सिलिण्डर मात्रै ग्यास बिक्री वितरण गरिरहेको छ ।
प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १०:३२













