१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ५३ हजार कित्ता सेयर बिक्रीमा

९ चैत, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता सेयर बिक्री गर्न निवदेन दिए बमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्ट्रार कार्याालय आईटी प्लाजा, कमलादी, काठमाडौंमा निवदेन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०९:२७