मेरो हारको प्रमुख कारण मै हुँ केपी ओली र शंकर पोखरेल हैनः पाण्डे
९ चैत, नुवाकोट । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा निर्वाचन २०८२मा नुवाकोट क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट उम्मेदवार भएर तेस्रो हुनुभएको केशवराज पाण्डेले आफ्नो हारमा केपी शर्मा ओली र शंकर पोखरेलको भूमिका नरहेको बताउनुभएको छ ।
बेलकोटगढी नगरपालिकाको वडा नम्बर १३ मा आफैँले मतदान गरेको केन्द्रमा समेत जित्न नसक्नुभएको उहाँले फेसबुक मार्फत आफ्नो हारको प्रमुख कारण आफू नै रहेको बताउनुभएको छ । उहाँले हारको प्रमुख कारण आफू र आफ्नो जिल्लाको संगठन रहेको दलिल पेश गर्नुभएको छ ।

पाण्डेले भन्नुभएको छ, ‘साथीहरु, सामाजिक संजालमा गलत संदेश नदिउँ । म, के पी ओली वा शंखर पोखरेलको कारणले निर्वाचन हारेको होईन । पहिलो म र दोश्रो मेरो जिल्लाको पार्टी संगठन (त्यसमा पनि मेरो पहिलो जिम्मेवारी छ) का कारण यो परिणाम आएको हो ।’
पाण्डे एमाले नुवाकोटको इन्चार्ज समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०९:०४













