९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

८ चैत, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गर्नुभएकाे हाे ।

आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत सो कार्यक्रममा पुग्नुभएकाे थियाे । त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक हुनुहुन्थाे । आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १८:११