नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
८ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिञ्चोक दर्शन लिमिटेड र माउन्टेन इनर्जी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हाे ।
नेप्सेमा सिद्धार्थ बैंकको ५ प्रतिशत बोनस बापतको ७० लाख ४४ हजार ९९०.१० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनस बापतको ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापतको २१ लाख ८९ हजार ९५.८९ कित्ता, कालिञ्चोक दर्शन लिमिटेडको ५ प्रतिशत बोनस बापतको ३ लाख र माउन्टेन इनर्जी लिमिटेडको २० प्रतिशत बोनस बापतको ५२ लाख ०५ हजार ४३१.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १७:२९













