आज कुमारी बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
८ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । आज नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा बन्द भएको छ । यस दिन १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । यस दिन ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३६४ वटा कम्पनीहरुको ६ करोड १४ लाख सात हजार कित्ता सेयर खरिद–बिक्री भएर २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस दिन बैंकको ८५ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ७२ करोड ९८ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७१ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १५:१४














