७ कम्पनीको सेयरमा सकारात्म सर्किट, कुनको मूल्य कति बढ्यो ?
८ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । आज नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा बन्द भएको छ । यस दिन १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । यस दिन ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ३६४ वटा कम्पनीहरुको ६ करोड १४ लाख सात हजार कित्ता सेयर खरिद–बिक्री भएर २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ७ कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, अभियान लघुवित्त, भुजुङ् हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्म सर्किट लागेको हाे ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १५:०८













