८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

गोकुल बास्कोटाको टिप्पणीः लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै

८ चैत, काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक क्षेत्र सम्बन्धी विकसित अवस्थाबारे निराशा व्यक्त गर्नुभएकाे छ ।

नेपालको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले गम्भीर टिप्पणी गर्नुभएकाे हाे ।

नेपालको लिपुलेक क्षेत्र भएर जाने भारत-चीन व्यापार मार्ग भारतले आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएकाे हाे ।

‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बीस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो’, उहाँले लेख्नुभएकाे छ, ‘यस्तै हो- शक्ति र समयको संयुक्त प्रहार!’

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १३:५५