किन कारोबारमा आएन भुजुङ्ग हाइड्रोपावरको सेयर ?
८ चैत, काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको सेयर आज स्पेसल प्रि ओपनिङ सेसनमा कारोबारमा आउन सकेन । गत बिहिबार नेप्सेमा कम्पनीको कुल एक करोड कित्ता सेयर सूचीकृत भएको थियो ।
जसअनुसार आजदेखि कम्पनीको सेयर कारोबारमा आउनुपर्ने थियो । तर प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर म्याचिङ नभएका कारण आज कारोबारमा आउन नसकेको हो । अब साेमबार उक्त कम्पनीको सेयर कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १२:०२













