एनआइसी एशिया लघुवित्तका सीइओ जोशीले दिए राजिनामा
८ चैत, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिनुभएकाे छ । जोशीले पदबाट दिएको राजिनामा कम्पनीकाे चैत ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
साथैं, सोही बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई आजैदेखि लागु हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।
प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार ११:१५













