१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

८ चैत, काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ ।  आइबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ घटेर तोलाको ४ हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १०:५३