७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बिपी राजमार्गको रोशी खोला डाइभर्सनमा बाढी, सवारी आवागमन बन्द

७ चैत, काठमाडौँ । अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले रोशी खोलाले बिपी राजमार्गको डाइभर्सनमा  बाढी पसेको जनाएको छ । काभ्रेका प्रहरी प्रमुख कोमल शाहले अस्थायी रूपमा सञ्चालनमा रहेको डाइभर्सनमा बाढी छिरेको जानकारी दिनुभयो । उहाँले बाढीका कारण बिपी राजमार्ग अवरुद्ध भएको बताउनुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार ०९:००