७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भीमफेदीमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

६ चैत, बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आज बेलुका ५ः०० बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १८:२९