चैत ७ गते सरकारले दियो सार्वजनिक बिदा
६ चैत, काठमाडौँ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चैत ७ गते शनिबारका दिन देशभर सार्वजनिक बिदा दिएको हो।
मुस्लिम आयोगबाट प्राप्त पत्रका आधारमा सो दिन ईदुल फित्र पर्व परेको पुष्टि भएपछि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १७:३५













