८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

आइतबार फेरि बस्ने गरी सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।  आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएपछि आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो ।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो । आजको बैठकमा उपसभापति शर्माले चुनावी समीक्षा प्रतिवेदन पेस गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १७:२५