नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
६ चैत, काठमाडाैं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा डिप्रोक्स लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे कुल १८ लाख ६८ हजार २८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, लक्ष्मी सनराइज बैंक लिमिटेडको १० प्रतिशत बाेनस बापतकाे कुल २ करोड ४३ लाख ४६ हजार ५१२ कित्ता बोनस सेयर र जीवन विकास लघुवित्तको १४ प्रतिशत बाेनस बापतकाे कुल २१ लाख ५० हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १६:०४













