७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अप्पर तामाकोशी हाइड्रोपावरले बोलायो दुई आवको साधारण सभा, यस्ता छन् एजेण्डा

६ चैत, काठमाडौं। अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले चैत २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ः३० बजे सभा बाेलाएकाे हाे ।

सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारी भित्र रहि आव २०७९/८० तथा आव २०८०/८१ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवहरुको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरण र स्वामित्व अंशमा भएको परिवर्तमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गरिएकाले लेखापरीक्षकहरुको उक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र २ जना स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने एजेण्डा रहेकाे छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको अर्थ चैत १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १५:१९