कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन थापा अनुपस्थित
६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । साे बैठकमा गगन भने उपस्थित हुनुभएकाे छैन ।
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १३:३८













