७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

टाटा मोटर्सको स्प्रिंग एक्सचेन्ज क्याम्प सुरु हुँदै

६ चैत, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चैत्र ६ देखि ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ। यस विशेष अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखी टाटा मोटर्सका नयाँ ईभी वा आईसीई मोडेलसँग साट्न सकिनेछ।

यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडी साँट्न सकिनेछ । यो कार्यक्रम टाटा मोटर्सका देशभरका शोरुमहरूमा आयोजना हुने कम्पनीले जनाएको छ ।

स्प्रिंग एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान साथै हरेक बुकिङमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

बम्पर लकी ड्रमा आइफोन १७ प्रो पनि जित्न सकिनेछ । यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइन भएका उत्पादनहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १०:३४