६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

उन्नती सहकार्य लघुवित्तको साधारण सभा बस्दै, मर्जर र सेयर संरचना परिवर्तन मुख्य एजेण्डा

६ चैत, काठमाडाैं। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर र सेयर परिमार्जन प्रस्तावसहित साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे चैत ५ गते बसेको संचालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत २८ गते एशियन बुद्ध होटल, सि.न.पा.–८ रुपन्देही, भैरहवामा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभामा लघुवित्त संस्था अन्य लघवित्त संस्थासँग मर्जरमा जाने वा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरिनेछ ।

साथै संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रीतशत कायम गर्ने तथा सर्वसाधारण तर्फको सेयर स्वामित्व ४४.४२ प्रतिशत कायम गर्नेगरी वित्तीइ संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, २०८२ असार मसान्तसम्मको नाफा घाटा हिसाब, नगद प्रवाह लगायतका सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १६ गते एक दिनका लागि बुकक्लोको मिति तोकेको छ । यसकाे अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ०९:०९