उच्च अंकले बढेको बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता
५ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ ।यस दिन नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा कायम भएको हो । बिहीबार ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
ङादी ग्रुप पावर कम्पनीको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैँया बराबरको कारोबार भएको हाे । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ९० लाख ६४ हजार,रिडी पावर कम्पनीको ६२ करोड ६० हजार रुपैँया, आँखुखोला जलविद्युत कम्पनीको ५९ करोड ५७ लाख ११ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५९ करोड ३३ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १५:१२













