नेप्सेमा भुजुङ्ग हाइड्रोपावरको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
५ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको २० लाख कित्ता, संस्थापकहरूले लगानी गरेको ८० लाख कित्ता गरेर जम्मा १ करोड कित्ता साधारण सेयर सूचीकृत भएकाे हो ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ९०.०४ रुपैँयादेखि अधिकतम २७०.१२ रुपैँयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । साेही रेञ्जकाे आधारमा अब आगामी आइतबार कम्पनीकाे सेयर काराेबार हुनेछ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १४:०५













