७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब ६८ अर्ब

५ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेको हो ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा ७० खर्ब २ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रभाव भने ५८ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकका उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरुबाट ५१ खर्ब ७२ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यो अवधिमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सीडी रेसियो ७४.०७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १३:१९