५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नुवाकाेटका केशवराज कडेँलले ४० वर्षपछि कांग्रेस त्यागे

५ चैत, नुवाकाेट । नुवाकाेट जिल्लाको बेलकोटगढी नगरपालिका–१० निवासी केशव राज कडेलले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता सहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उहाँले वडा सभापतिलाई सम्बोधन गर्दै राजीनामा दिएको पत्रमार्फत उक्त जानकारी दिनुभएको छ ।

कडेँलले विगत ४० वर्षदेखि नेपाली कांग्रेसप्रति आस्था राखी सक्रिय रूपमा कार्य गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताउनुभएको छ । उहाँले मिति २०८२ चैत ५ गतेदेखि लागू हुने गरी पार्टीसँगको सम्पूर्ण सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको जनाउनुभएको छ ।

राजीनामा पत्रमा उहाँले पार्टीमा रहँदा इमानदारीपूर्वक योगदान दिने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै स्वार्थ वा लोभमा नपरी समाज सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै, लामो समयसम्म पार्टीबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति कडेलले आभार व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १२:०५