४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिँदै निर्वाचन आयोग

४ चैत, काठमाडौं । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

उक्त कार्यक्रम आयोगको प्राङ्गण कान्तिपथमा हुनेछ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १६:५०